सेलिव्रिटीहरुसँग प्रधानमन्त्रीको छलफल, सरकारलाई सहयोग गर्न आग्रह


mahaप्रधानमन्त्री सुशील कोइरालाले सरकार र सरकारले सञ्चालन गरेको पुनस्र्थापना र राहत कोषमा उल्लेख्य सहभागिता जुट्न नसकेको ठहरसहित सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसँग छफल गरी सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भूकम्पपीडितका लागि राहत रकम सङ्कलनलाई प्रभावकारी बनाउने, सङ्कलित राहत रकम र सामग्री भूकम्पपीडित समक्ष पु¥याउने, भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनःनिर्माण सञ्चालन गर्न स्थापित पुनःस्थापना तथा पुनःनिर्माण कोषलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको हो । राज्यलाई बलियो बनाउँदा मात्र वास्तविक पीडितले राहत पाउनसक्ने भन्दै सरकारले सामाजिक व्यक्तित्व र सेलिबै्टीहरुसँग सहयोगको माग गरेको हो । भेटमा सामाजिक क्षेत्रका अगुवाले गाउँ तहसम्म कुनै पनि गैरसरकारी निकायको संस्थागत संरचना नभएकाले राहत सङ्कलन र वितरणमा सरकारी संयन्त्र नै प्रभावकारी हुने बताउनुभयो । उहाँहरुले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा को को रहने र कसरी खर्च हुन्छ भन्ने जानकारी नभएकाले केहीले संशय भएकाले सोको निवारण गर्न यसको सञ्चालक समितिमा निजी क्षेत्र र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि समावेश गर्न उचित हुने सुझाव दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल सधैँ सङ्घर्ष, तदर्थवाद र सङ्क्रमणबाट गुज्रिनुपरेकाले हर क्षेत्रमा संस्थागत विकास हुन नपाएको उल्लेख गर्दै स्रोत साधन र पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि नेपालमा भएको खोजी, उद्धार र राहतको विकसित मुलुकका प्रतिनिधिले समेत प्रशंसा गरेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले विपत्तिबाट भएको विनाशको त्रासदीबाट नागरिकलाई सामान्य अवस्थामा ल्याउन, पुनःस्थापना र पुनःनिर्माणलाई व्यवस्थित ढङ्गले छिटो सम्पन्न गर्न र नेपालको उज्ज्वल भविष्यप्रति आशा जगाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो । छलफलमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले खोजी, उद्धार र राहतको चरण पार हुन लागेकाले अब हुने पुनःस्थापना तथा पुनःनिर्माणलाई सफल बनाउनका लागि राष्ट्रिय पुनःनिर्माण कोषलाई मजबुत र प्रभावकारी बनाउन ध्यान दिनुपर्ने बताउनुभयो । छलफलमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, सामाजिक विकास सल्लाहकार डा विजन पन्त, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रमुख स्वकीय सचिव वसन्त गौतम र मुख्य सचिव लीलामणि पौडेललगायत उपस्थित हुनुहुन्थ्यो । यसअघि प्रधानमन्त्री बाहेक अन्य प्रधानमन्त्री कार्यालयका सदस्यहरुले पनि उहाँहरुसँग छलफल गरेको थियो । सहयोग गर्ने तत्परता देखाए पनि सेलिब्रेटीहरुले त्यस अनुरुप सहयोगी काम नभएको ठहर गर्दै प्रधानमन्त्री स्वयंले आग्रह गर्ने निर्णयसँगै यो भेट भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]