एमालेले पर्यटनमन्त्रीमा कृपाशूर शेर्पालाई पठायो, अमात्यको राजीनामा स्वीकृत

नेकपा ९एमाले० ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ । हिजो साँझ राजीनामा दिनुभएका अमात्यले के कारणले राजीनामा गरेको र किन अर्को व्यक्ति आउनुपरेको हो भन्ने विषयमा केही खुलाइएको छैन । सत्ता गठबन्धनमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी अगाडि बढ्ने बताइराखिएको बेला भएको यो मन्त्रिपरिषद्को हेरफेरलाई आश्चर्यको रुपमा हेरिएको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी लिनुभएका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिनुभएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । मन्त्रीमा शेर्पालाई आजै नियुक्ति गरी साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ । भोजपुर क्षेत्र २ बाट निर्वाचित सभासद् शेर्पा सक्रिय राजनीतिमा आउनुअघि पर्यटन मन्त्रालयमै कार्यरत हुनुहुन्थ्यो ।