इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो, यस्तो छ नयाँ भाडादर !

काठमाडौँ । नेपाल आयल निगमले शनिबार हवाइ इन्धनको मूल्य वृद्धि गरेपछि वायु सेवा प्रदायक कम्पनीहरूले पनि हवाइ भाडा बढाउने भएका छन् । इन्धनको मूल्य अनुसार फ्युल सरचार्ज कायम हुने व्यवस्था अनुसार भन्दै वायु सेवा कम्पनीहरूले बढेको भाडादर मंगलबारदेखि लागू हुने गरी बढाएका हुन् ।

नयाँ फ्युल सरचार्ज अनुसार निम्न रूटमा यसप्रकार भाडा वृद्धि हुने नेपाल वायुसेवा सञ्चालन संघले बताएको छ । सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

कति बढ्यो ?
काठमाडौँबाट माउन्टेन फ्लाइट – ६५ रुपैयाँ
काठमाडौँ– भद्रपुर – ६० रुपैयाँ
काठमाडौँ– विराटनगर – ५० रुपैयाँ
काठमाडौँ – जनकपुरर भरतपुर – २५ रुपैयाँ
काठमाडौँ – पोखरारतुम्लिङटार – ३५ रुपैयाँ
काठमाडौँ– भैरहवा – ४५ रुपैयाँ
काठमाडौँ– नेपालगन्ज – ६५ रुपैयाँ
काठमाडौँ – धनगढी – ८५ रुपैयाँ
काठमाडौँ – सुर्खेत – ७० रुपैयाँ
काठमाडौँ–सीमरा – १५ रुपैयाँ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team