देशका यी सहरमा बैशाख मसान्तसम्म सबै स्कुल कलेज बन्द !

काठमाडौँ । सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै काठमाडौँ, ललितपुर र भक्तपुरसहित देशका मुख्य सहरका सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले कोरोना संक्रमण गम्भीर भएको भन्दै सरकारले मुख्य सहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने सरकारले आदेश दिएको छ । अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team