पूर्व मन्त्री झपट बोहरा प्रदेश सभा सदस्यबाट बर्खास्त !

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा प्रदेश सासंदबाट पदमुक्त भएका छन् ।

सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उनी पदबाट मुक्त भएका हुन् ।

नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको केन्द्रीय समितिले बोहराले दल त्याग गरेको निर्णय गर्दै प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

सभामुख थापाले बैठकमा संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन र प्रदेश सभा नियमवाली २०७४ बमोजिम उनी प्रदेश सभा सदस्य पदमा नरहेको जानकारी गराएका हुन् । बोहरा माओवादी केन्द्रको तर्फबाट अछाम १ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

तत्कालिन नेकपामा विवाद बढेपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई साथ दिदै मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team