लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ४१ सांसदको हस्ताक्षर

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार मुख्यमन्त्री पोखरलेल विरूद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सोमबार दर्ता गरिएको प्रस्तावमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका ४१ जना सांसदहरुको हस्ताक्षर गरिएको छ ।

यसभन्दा अघि प्रदेश नं १ र बागमती प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिए पनि फिर्ता भएको थियो । त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफु विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा विश्वासको मत जितेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team