राष्ट्रपति भण्डारीद्वारा चालु संसद अधिवेशनको अन्त्य

काठमाडाैँ । चालु प्रतिनिधिसभाको बैठक अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान संसद अधिवेशनको अन्त्य भएको घोषणा गरेकी हुन् ।

सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

पछिल्लो प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले मंगलबार संसद बैठक बस्ने तय भएको जानकारी गराएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team