कोरोना नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने मन्त्री परिषदको निर्णय

काठमाडाैँ । सरकारले भिडभाड हुने क्षेत्रमा कडाइ गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि भीडभाड हुने क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको हो ।

स्वस्थ्यमन्त्री हृदयश त्रिपाठीका अनुसार सोमबारको बैठकमा कोरोनाको दोस्रो भेरियन्ट आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय भएको छ । जस अनुसार विद्यालय, रंगशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायतमा भिडभाड हुन नदिने गरी व्यवस्थापन मिलाउन सरकारले तयारी गरेको छ ।

मन्त्री त्रिपाठीले विद्यालयमा भाैतिक कक्षाहरू बन्द गरी अनलाइन मार्फत पठनपाठन गर्ने परिपाटी मिलाउन विद्यालयलाई निर्देशन दिइने पनि बताएका छन् ।

यसभन्दा अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १४ जिल्लाहरूलाई कोरोना संक्रमणको अति जोखिममा रहेको भनि वर्गीकरण गरिसकेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै यी जिल्लाहरूमा भीडभाड नियन्त्रण गर्न पनि अपील गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team