प्रमुख तीनदल र मधेशी मोर्चाको बैठक बालुवाटारमा, राष्ट्रिय एकताको सरकार बनाउन सहमति ?


three partyराष्ट्रिय एकताको सरकार बनाउने भन्दै यतिबेला दलहरु आआफ्नै नेतृत्वको सरकारको परिकल्पना गरिरहेको देखिएका छन् । नेपाली काँग्रेस वर्तमान सरकारकै निरन्तरता र त्यसमा विपक्षी दलहरुसमेतको संलग्नतालाई राष्ट्रिय सरकार भनिरहेको छ भने एमाले आफ्नो अबको पालो भन्दै त्यसमा सघाउन एमाओवादीलाई आग्रह गरिरहेको छ । अर्कोतर्फ, एमाओवादी र मधेशवादी दलहरु आपूmहरुलाई यो विपत्तिको घडीमा नेतृत्व दिनुपर्ने माग गरिरहेका छन् । कम्तिमा सरकारको नेतृत्व गर्ने अवसर नदिए पनि देश पुननिर्माणको यो चरणमा आपूmहरुलाई केन्द्रीय भूमिका दिनुपर्ने उनीहरुको भनाई छ । उता, संविधान निर्माणको चरण पनि अबरुद्ध भएको यो बेला नेतृत्वदायी भूमिकामा को आउने हो यो यसै भन्न सकिने अवस्था छैन । तर, बिहीबार साँझ संविधान निर्माण, हालैको विपत्तविरुद्ध लड्न र मुलुकलाई पुनः निर्माण गर्ने ऐतिहासिक कार्यभार प्रभावकारीरुपमा सम्पन्न गर्न प्रमुख चार राजनीतिक दलबीच सहमति भएको खबर आएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको प्रधानमन्त्री निवासमा भएको बैठकमा सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्ने, विपत्को सामना गर्ने र संविधान निर्माण गर्नेमा सहमति भएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो । बैठकमा विपद्विरुद्ध लड्न राष्ट्रिय कार्ययोजना बनाउने तथा सिङ्गो राष्ट्रलाई एक ढिक्का बनाउन सबै राजनीतिक दलको सामूहिक सङ्कल्पको आवश्यकतामा जोड दिइएको थियो । भूकम्पपीडितलाई अस्थायी बसोबास तथा राहतका सबै कार्यक्रम वर्षायाम अगावै पूरा गर्नेमा सबैको सहमति रहेको उहाँले बताउनुभयो । बैठकपछि बाहिरिनुभएका नेकपा (एमाले)का उपाध्यक्ष kp oliविद्यादेवी भण्डारीले गत वैशाख १२ गते भएको विनाशकारी भूकम्पपछि व्यवस्थापिका संसदले पारित गरेको शङ्कल्प प्रस्तावलाई प्रभावकारी रुपमा कसरी कार्यान्वयन गर्न सकिन्छ र भूईचालोले क्षतविक्षत रहेको जमिनमा वर्षायाममा हुन सक्ने पहिरोको खतराबाट कसरी बच्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित रहेको जानकारी दिनुभयो । नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पबाट उत्पन्न परिस्थितिको सामना, पीडितलाई सहायता र राष्ट्रिय एकताका साथ अगाडि बढ्नेमा बैठक केन्द्रित रहेको बताउनुभयो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपछिको पुनःस्थापन, पुनःनिर्माण र नयाँ नेपाल निर्माण गर्न राष्ट्रिय एकताको आवश्यकतामा आफ्नो दलले विशेष जोड दिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “ संविधान निर्माण गर्न राजनीतिक सहमति सहितको बलियो सरकारको आवश्यकताबारे पनि बैठकमा छलफल भयो ।” बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललगायत उपस्थित हुनुहुन्थ्योे ।
दुई अर्ब ५० करोड निकासा
भूकम्पबाट घर भत्केका परिवारका लागि तत्काल अस्थायी टहरा बनाउन सरकारले प्रतिघर रु १५ हजार प्रदान गर्नेगरी प्रभावित जिल्लामा रकम पठाएको छ । भूकम्पबाट घर भत्किएका करिब आठ लाख परिवारका लागि पहिलो किस्तामा रु दुई अर्ब ५० करोड आज सम्बन्धित जिल्लामा पठाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई बताउनुभयो । जिल्ला दैवी प्रकोप उद्धार तथा समन्वय समितिले शुक्रबारदेखि पीडितलाई उक्त रकम वितरण गर्ने उहाँले बताउनुभयो ।
पर्यटनमन्त्रीको राजीनामा
यसैबीच एमालेको तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका पर्यटनमन्त्री दिपकचन्द्र अमात्यले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री समक्ष बुझाइएको यस राजीनामा स्वीकृत गर्ने या नगर्ने भन्ने विषयमा प्रधानमन्त्रीले एमाले अध्यक्षसँग छलफल गरेपछि मात्रै निर्णय गर्नुहुने भएको छ । यसअघि भीम आचार्यलाई बर्खास्त गरी अध्यक्ष केपी शर्मा ओलीले अमात्यलाई पर्यटनमन्त्री बनाउनुभएको थियो । विभिन्न निकायमा नियुक्तिको विषयलाई लिएर मन्त्री र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबीच मतभेद भएको बताइएको छ । मन्त्री अमात्य पछिल्लो समयमा राहत सामग्री लिएर विदेशी जहाज आउँदा तिनीहरुको संयोजनमा सुरक्षा निकायले प्रत्यक्ष भूमिका खेलेकोमा पनि असन्तुष्ट थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]