ग्रेस न्याभ कप गल्फ २०२१ को उपाधि प्रज्ञा तामाङलाई (फोटोफिचरसहित)

मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा भएको ग्रेस न्याभ कप गल्फ २०२१ को उपाधि प्रज्ञा तामाङले जितेका छन् । कूल २६ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा नेपाली समूदायका साथै अन्य बहुसांस्कृतिक समूदायका खेलाडीहरु समेत सहभागी थिए । विजेताहरुलाई अष्ट्रेलियन मानव अधिकार आयोगका रेस डिस्क्रिमिनेशन कमिश्नर चिन टान सहित समूदायका अगुवाहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा ग्रेस ईन्टरनेशनल र न्याभकाबिच आगामी गल्फ प्रतियोगिताहरु समेत सहकार्यमा सञ्चालन गर्ने सम्झौतापत्रमा समेत हस्ताक्षर गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिन टानले नेपाली समूदायका कार्यक्रममा आउँदा आफुलाई सधैं खुशी लाग्ने गरेको धारणा राखेका थिए । यस्तै मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलका निर्देशक रामचन्द्र पौडेल, न्याभका अध्यक्ष राम गुरुङ, एनआरएन भिक्टोरियाका संयोजक प्रेम कँडेल, जोग लिम्बु, न्याभका पूर्वअध्यक्ष बम योन्जन, भोला गिरी, एमएनटीभीका अपरेशन म्यानेजर विवेक श्रेष्ठ लगायतले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

विभिन्न विधामा विजेता उपविजेता बन्दै नैना तामाङ, लबी थुन्टप, साजन तामाङ, माईकल यान, पूर्ण गुरुङ, राम गुरुङ, प्रवेश केसी, सान लिम्बु, डान क्वींङ बो, सन्स तामाङ लगायतले ट्रफी, पुरस्कार प्राप्त गरेका थिए ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आयोजना गर्दै आएको गल्फ प्रतियोगिताको यो दशौं संस्करण हो ।

प्रतियोगिताका केही तस्वीरहरु

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team