बाटो खुल्यो हारेका उम्मेद्वारलाई पनि सभाषद् बनाउने, आफ्नै निर्णय उल्टाउँदै सर्वोच्च


courtसर्वोच्च अदालतले संविधानसभाका लागि मनोनयन गरिने २६ सभासदका सम्बन्धमा एक वर्ष अघि जारी गरेको आदेश खारेज गर्दै संविधानसभा निर्वाचनमा सामेल भएका राजनीतिक दलका सदस्यलाई मनोनयन गर्नसमेत बाटो खुल्ला गरेको छ । अन्तरिम संविधानको धारा ६३ को उपधारा ३ को खण्ड ‘क’ र ‘ख’ अन्तर्गत निर्वाचन प्रक्रियामा उम्मेदवार भइसकेको राजनीतिकदलसंग सम्बद्ध व्यक्तिबाहेक राष्ट्रिय जीवनमा योगदान पु¥याएकाहरूको आधार स्पष्ट खुलाउन र संविधानसभामा छुटेका आदिवासी, जनजाति, समुदायको प्रतिनिधित्व गराउन २०७१ वैशाख २९ मा जारीे भएको आदेश न्यायाधीशत्रय गिरिशचन्द्रलाल, गोपाल पराजुली र दीपकराज जोशीको पूर्ण इजलासले न्यायोचित र कानुनसम्मत नदेखिएकाले उक्त आदेश कायम रहन नसक्ने भै बदर हुने ठहर गरेको हो । तत्कालिन वरिष्ठ न्यायाधीश तथा हालका प्रधान न्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलासले १५ दिनभित्र २६ जना सभासदको मनोनयन गर्न, संविधानसभाको निर्वाचनमा पराजित भएका र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेकालाई नल्याउन, राष्ट्रिय जीवनमा योगदान पु¥याएकाहरूको आधार स्पष्ट खुलाउन, संविधानसभामा छुटेका आदिवासी, जनजाति, समुदायको प्रतिनिधित्व गराउन र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका विशिष्ट व्यक्तित्व तथा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातिमध्येबाट मनोनयन गर्न सरकारका नाममा आदेश दिएको थियो । अन्तरिम संविधानमा भएको व्यवस्थाको पालना नगरी विगतमा निर्वाचनमा पराजित भएका उम्मेद्वारलगायत दलका कार्यकर्ता मनोनयन गरिएको र वर्तमान संविधानसभामा पनि सोही प्रकृति दोहोरिने खतरा बढेको भन्दै दलित जनजाति पार्टीका तर्फबाट सभासद् विश्वेन्द्र पासवानले २०७० पुस २४ मा रिट निवेदन दर्ता गर्नुभएको थियो । हाल संविधानसभामा मनोनित हुने २६ मध्ये दुई सभासद्को पद रिक्त भएको व्यस्थापिका संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँईकेल बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]