काठमाडौंमा रडले हिर्काएर भाउजूको हत्या, आफैं गए प्रहरी कार्यालय !

काठमाडौँ । काठमाडौँमा शनिबार साँझ देवरले भाउजूको हत्या गरेका छन् । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवर मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको हत्या गरेका हुन् ।

फलामको रडले हिर्काएर ४८ वर्षीय मोहनराजले भाउजूको हत्या गरेपछि उनी आफैँ उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए ।

बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए ।

देवरको रड प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका लागि ट्रमा सेन्टर लगिएकी ४८ वर्षकै रोशनीलाई चिकित्सकले शनिबार राति ८ बजे मृत घोषणा गरेका थिए । हत्या गर्ने मोहनलाई महानगरीय प्रहरी वृत (नयाँ बानेश्वर) मा राखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team