क्वीन्सल्याण्डमा गोली हानी दुईजनाको हत्या, एकजना पक्राउ

ब्रिसबेन, अष्ट्रेलिया ।
क्वीन्सल्याण्डमा शनिबार गोली प्रहार गरी दुईजनाको हत्या भएको छ । मोरेटन बे क्षेत्रस्थित काबुल्टरमा रहेको किंग स्ट्रीटमा साँझ ६ बजे आकस्मिक सेवालाई बोलाइएको थियो ।

दुईजना गोली लागेका व्यक्तिहरुलाई बचाउने प्रयास भने सफल हुन सकेन । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको थियो । प्रत्यक्षदर्शीहरुले गोली चलेको आवाज आएको र एकजना व्यक्ति भाग्दै गरेको देखेको बताएपछि प्रहरीले पिछागर्दै जाँदा करिब ८० किलोमिटर टाढाबाट एकजनालाई राति पक्राउ गरेका छन् ।

निज व्यक्तिसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नुको कारण खुलेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team