बैतडीमा घनले हानेर आफ्नै भान्जाको हत्या !

बैतडी । बैतडीमा घनले हानेर मामाले भान्जाको हत्या गरेका छन् । दोगडाकेदार गाउपालिका–३ सिल्लेगाडामा २१ वर्षीय नारायण भुलले भान्जा १५ वर्षीय महेश भुलको घनले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटना शनिबार विहान साढे ८ बजेको समयमा भएको हो । “अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ, प्रक्रिया पु¥याई शवलाई पोष्र्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

भाञ्जाको हत्यापछि फरार भएका मामालाई नियन्त्रणमा लिएको उनले बताए । हत्याको कारण भने अझै खुलेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team