गायक हेमन्त शर्मा र प्रेम परियार आइपुगे सिड्नी


hemanta sharmaअष्ट्रेलियामा रहेका नेपालीका सन्तानहरुको वृत्ति विकास र उनीहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरिएको नेप्लीज चिल्ड्रेन्स ट्यालेन्ट नाईट २०१५ शनिबार सिड्नीमा आयोजना हुँदैछ । ओरियोन फंक्सन सेन्टर क्याम्प्सीमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट ख्यातिप्राप्त गायक हेमन्त शर्मा र प्रतिभशाली बाल गायक प्रेम परियार सिड्नी आइपुगेका छन् । उनीहरुलाई आयोजक संस्था नेप्लीज अष्ट्रेलियन एशोसिएसनको तर्फबाट स्वागत गरिएको छ । कार्यक्रममा नेपाली समूदायका दोश्रो पुस्ताका सदस्यहरुले आफ्नो प्रतिभा देखाउनेछन् । गीत, नृत्य लगायतबाट उपस्थितले मनोरञ्जन समेत गर्न पाउनेछन् । मुख्यतः अष्ट्रेलियामा रहेका नेपाली बालबालिकाहरुलाई आफ्नो, कला, संस्कृति, भाषाप्रति उत्सुक तुल्याउन र उनीहरुबीचको भाइचारा बृद्धि गर्नका निम्ति कार्यक्रम गर्न लागिएको भएपनि यसैबीच नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो क्षति भएको र पूरै देश नै शोकमा डुबेको अवस्थामा कार्यक्रमको उद्देश्य परिवर्तन गर्दै यसबाट उठेको सम्पूर्ण रकम नेपालमा भूकम्प पीडितको सहयोगमा खर्च गर्ने निर्णय भएको संस्थाका अध्यक्ष उमेश पन्तले जानकारी दिनुभयो । कार्यक्रममा एक्स फ्याक्टर २०१४ का टप टेन फाईनलिष्टमध्ये तीनजनाले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]