कोरोनाविरुद्ध खोप लगाएका अष्ट्रेलियनहरुले अब विदेश जान पाउने संकेत, फर्किदा होम क्वारेन्टीन

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोभिड १९ कोरोनाको खोप लगाएका अष्ट्रेलियन नागरिकहरु विना क्वारेन्टीन विदेश जान पाउने र स्वदेश फर्किदा होम क्वारेन्टीनमा बस्नसक्ने व्यवस्था गर्न लागिएको संकेत गरेका छन् । तर, उनले खोप एकमात्र उपाय नभएको भन्दै यसरी अन्तर्राष्ट्रिय सिमाना खुल्ला गर्नेवित्तिकै सैयौं संक्रमित फेला पर्ने क्रम सुरु हुने अनुमान गरे ।

पर्थमा समूदायसँग कुरा गर्दै प्रधानमन्त्री मोरिसनले यस्तो धारणा राखेका हुन् ।

गएको साता संघीय सरकारले विज्ञ सम्मिलित टोलीलाई अन्तर्राष्ट्रिय सिमाना खुल्ला गर्ने विषयमा राय मागेको थियो । अष्ट्रेलियामा सरकारले कोभिडको खोप लगाउनका लागि प्रोत्साहन गरिरहेको छ । यसका बाबजुद कतिपय मानिसहरु यो खोपमा ईच्छुक देखिएका छैनन् । अष्ट्रेलियाको क्वान्टस एयलाईन्सले आगामी अक्टोबरबाट आफ्नो अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भन्दै बुकिंग लिन सुरु गरिसकेको छ । खोप कार्यक्रम प्रभावित भएपनि आफुले उडानको तालिकामा परिवर्तन नगर्ने उसले जनाएपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

एयरलाईन्सका प्रमुख कार्यकारी एलान जोयसले अक्टोबरअघि नै पनि उडान खुल्ला गर्नुपर्ने अवस्थामा आफुहरु तयार रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team