पूर्वप्रधानमन्त्री यिङलकद्वारा आफूविरुद्धका सबै आरोप अस्वीकार


sinawatraथाइल्यान्डका पूर्व प्रधानमन्त्री यिङलक सिनावात्राले आफूविरुद्धको भ्रष्टाचार मुद्दा राजनीतिक रुपमा प्रेरित भई लगाइएको बताउनुभएको छ । उहाँले मङ्गलबार बैंककस्थित अदालतमा दिनुभएको बयानका क्रममा सो धारणा राख्नुभयो । आफूविरुद्ध लगाइएका सबै आरोप उहाँले अस्वीकार गर्नुभयो । उहाँलाई थाइल्यान्डका किसानलाई सहुलियत दरमा दिइने चामलको खरिदमा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लगाइएको छ । उहाँ बैंककस्थित सर्वाेच्च अदालतमा मङ्गलबार उपस्थित भई बयान दिनुभएको हो । उक्त अदालतको फौजदारी विभागमा उहासँग सो बयान लिइएको हो । उक्त विभागमा सरकारका उच्च पदस्थ अधिकारीहरूसँग यस्तो बयान लिने गरिन्छ । उहाँ सो बयानका लागि जाँदा अदालतबाहिर ठूलो सङ्ख्याका व्यक्ति उभिएका थिए । उहाँको राजनीतिक दलका समर्थकहरूले उहाँलाई नैतिक बल प्रदान गर्द भन्दै अदालत बाहिर उभिएर समर्थनक जनाएका थिए । उहाँमाथि आफू सत्तामा रहेका बेलामा सत्ताको दुरुपयोग गरेको र भ्रष्टाचार रोक्नुको सट्टा आफैँ भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]