जेल तोडेको र आतंक मच्चाएको भन्दै ईजिप्टका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिइने


morsiइजिप्टको अदालतले इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ । शनिबार इजिप्टको अदालतले सो सजाय सुनाएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार पूर्व राष्ट्रपति मोर्सीलाई जेल तोडेको र इजिप्टमा आतङ्क मच्चाएको आरोपमा सो सजाय सुनाइएको हो । उहाँसहित उहाँको दलका १०० जना समर्थकलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०११ मा भएको प्रजातन्त्रको आन्दोलनका क्रममा उहाँ र ती कार्यकर्ताले जेल तोडेर भागेको आरोप उनीहरुलाई लगाइएको छ । शनिबार सो सजाय सुनाउँदा उहाँका पार्टीका कार्यकर्तासहित उहाँ अदालतमा नै उपस्थित हुनुहुन्थ्यो । उहाँमाथिको मृत्युदण्डको सजाय सुनाउने क्रममा पूर्व राष्ट्रपति मोर्सीले उक्त निर्णयको विरोध गर्नुभएको थियो । त्यस बेला उहाँ अदालतमा रहनुभएको र न्यायाधीशले सो सजाय सुनाउदा आफ्ना दुबै मुड्की उचालेर सो फैसलाप्रति विरोध जनाउनुभएको थियो । कतिपय मुस्लिम कानुनहरु मुस्लिम धर्मगुरु वा मुस्लिम धर्म कानुनका व्याख्याताको हातमा पनि हुने गर्दछ । यो फैसलापछि पनि उनीहरुले यसमा पुनव्र्याख्या गर्नेछन् । त्यसैले यस सजायका बारेमा पनि ती धर्म गुरुको बारेमा सुझाव लिने काम उक्त अदालतले गर्नेछ । उक्त परामर्शपछि सो अदालतले अन्तिम फैसला भने आगामी जुन २ मा सुनाउने छ । मोर्सीमाथिको सुनुवाइका क्रममा गत बिहीबार नै उहाँमाथि मृत्युदण्डको कानुन सुनाउनसक्ने सङ्केत अदालतले दिएको थियो ।सो अदालतले उहाँलाई जेल तोडेर भागेको वा अरु पनि कयौँ व्यक्ति भगाएको तथा उहाँका अरु साथीलाई भने सरकारका विरुद्धमा गुप्तचर गरेको आरोपमा सो सजाय सुनाउने तयारी गरिएको हो । सन् २०११ मा उहाँको नेतृत्वमा इजिप्टमा प्रजातन्त्रका लागि आन्दोलन भएको थियो । सो आन्दोलनपछि उहाँ सत्तामा आएर संविधानसभाको निर्वाचन गराउनुभएको थियो । सो निर्वाचनमा उहाँको दलले लगभग दुई तिहाई मत हासिल गरेपछि सत्तामा रहनुका साथै उहाँकै पहलमा नयाँ संविधान पनि निर्माण भएको थियो । पछि उहाँलाई करिब दुई वर्षमात्र अघि त्यहाँको सेनाले सत्ताच्युत गरी जेल हालेको हो । उहाँ विगत लामो समयदेखि नै सैनिक हिरासदमा रही आउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]