यी सभाषद्को एक वर्षको तलब, भत्ता सबै भूकम्प पीडितलाई


abhishekकपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गर्नुभएको छ । कपिलवस्तुको सदरमसकाम तौलिहवामा मधेस मिडिया सोसाइटीले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रेस विज्ञप्तिमार्फत उहाँले उक्त कुराको घोषणा गर्नुभएको हो । उहाँले आफूले एक वर्षसम्म पाउने सम्पूर्ण तलबभत्ता तथा अन्य सम्पूर्ण सुविधा भूकम्प प्रभावित जनतालाई दिने बताउनुभयो । विनाशकारी भूकम्पको बेला सबैले एकापसमा सहयोग गर्नुपर्ने मानवीय भावनाका अनुसार आफू विभिन्न जिल्लामा गएर राहत वितरण गरेको समेत शाहले बताउनुभयो । सो क्रममा विभिन्न जिल्लाका नागरिकले राहतमा समेत गुनासो गरेका कारण त्यस्ता समस्यालाई हटाई सरकारलाई तत्काल थप राहत र पुनः स्थापना गर्नसमेत सभासद् शाहले आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]