नेपालका भूकम्प पीडितलाई रोनाल्डोले करोडौं डलर दिएको न्यूज झुठो


ronaldo1सेभ द चिल्ड्रेनले क्रिष्टियानो रोनाल्डोले ७ मिलियन पाउण्ड चन्दा नेपालका भूकम्प पीडितलाई दिएको भन्ने समाचारको खण्डन गरेको छ । ३० वर्षीय स्टार फुटबल खेलाडी रोनाल्डोले यति ठूलो राशी सेभ द चिल्ड्रेन मार्फत दिएको भन्ने खबर यसअघि आएको थियो । रोनाल्डोले सेभ द चिल्ड्रेनका ग्लोबल एम्बेसडर हुन् । उनले नेपालमा जोखिममा रहेका बालबालिकाको रक्षाका विषयमा बोलेका त हुन् तर ठूलो धनराशी पनि सहयोग गरेको भन्ने कुरा गलत हो, सेभ द चिल्ड्रेनले स्पष्ट गरेको छ । गोल डटकमका अनुसार दोश्रो भूकम्प पछि सेभ द चिल्ड्रेनले रोनाल्डोसहित अन्य स्टारहरुलाई नेपालमा सहयोग जुटाउने अभियानमा अभिप्रेरित गर्न नेपालका बालबालिका बचाउँ भन्ने सन्देश दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

 

ronaldo

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]