सर्वसाधारणमा भूकम्पको त्रास फेरि जगाइदियो मंगलबार र बुधबारका धक्काले , भवनहरु फेरि जाँच्नुपर्ने अवस्थामा

यही वैशाख १२ गतेको भूकम्पपछि केही दिन असामान्य बनेको राजधानीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भइरहेको बेला मङ्लबारको शक्तिशाली पराकम्पनले त्यसलाई पुन ः त्रस्त पारेको छ । विनासकारी भूकम्पपछि क्रमिक रूपमा घट्दै गएको पराकम्पनपछि विश्वस्त भएर खुला स्थानबाट आ–आफना घरमा फर्किएका सर्वसाधारण मङ्लबारको ६.८ रिक्टर स्केलको पराकम्पनबाट फेरि तर्सेर पुनः खुला स्थानमा बस्न थालेका छन । “१२ गतेपछि साना–साना मात्रै झट्का गएका हुँदा १८ गतेदेखि घरमै बस्न थालियो, तर फेरि हिजो अर्को शक्तिशाली कम्पन भएपछि टुँडिखेलमा बस्न थालिएको हो”–मङ्गलवारदेखि पुनः टुँडिखेलको पालमा बस्नु भएककी बागबजारकी शारदा घिमिरले भन्नुभयो । सुनसान प्रायः बनेको टुँडिखेलमा फेरि चहलपहल बढेको र पाल टाँग्नेको भीड बढेको छ । नारायणहिटी दरबार, सिंहदरबार, सैनिक मञ्च र संविधानसभा भवनमा पनि भूकम्पकबाट जोगिनेको लर्को लागको छ ।
भवनहरु फेरि जाँच्नुपर्ने अवस्थामा
मङ्गलबार गएको ठूलो पराकम्पन पछि सहरी विकास तथा भवन निर्माण विभागमा दोस्रोपटक सरकारी कार्यालय भवनको प्राविधिक अध्ययनसहितको नापजाँच गराउने माग बढ्न थालेको छ । वैशाख १२ गतेको भूकम्पले चर्किएका भवनमा एकपटक नापजाँच गरिसके पनि मङ्गलबारको शक्तिशाली पराकम्पनले सरकारी कार्यालयबाट दोस्रोपटक नापजाँचका लागि अनुरोध हुन थालेको विभागले जनाएको छ । “खानेपानी तथा ढल निकास विभागको यसअघि नै नापजाँच गरिसकेकामा हिजोको पराकम्पनपछि फेरि नापजाँचका लागि अनुरोध हुन थालेको छ”–विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले भन्नुभयो, “विभागमा जनशक्तिको अभाव छ, कति कार्यालयको एकपटक पनि नापजाँच गर्न भ्याएका छैनौँ, एउटै कार्यालयमा दोस्रोपटक जान सक्ने अवस्थामा छैनौँ ।” दोस्रोपटक अनुरोध गर्ने कार्यालयलाई आफैँ हेरेर अनौपचारिक रुपमा निर्णय गर्न भन्ने गरिएको पनि उहाँले बताउनुभयो । विभागले वैशाख २७ गतेसम्म १५७ सरकारी कार्यालयका ३०९ वटा भवनमा प्राविधिक अध्ययनसहितको नापजाँच गरेकामा २१८ वटा भवनमा हरियो, ६४ वटामा पहेँलो र २६ वटामा रातो स्टिकर टाँसिएको विभागले जनाएको छ । रातो स्टिकर टाँसिएकामा बस्न नहुने, पहेँलो स्टिकर टाँसिएकामा मर्मत गरेर बस्न सकिने र हरियो स्टिकर टाँसिएकामा निर्धक्कसँग बस्न सकिने वरिष्ठ इन्जिनियर महर्जनले जानकारी दिनुभयो । मङ्गलबार शक्तिशाली पराकम्पन आएपछि काम हुन सकेन । मङलबार अघि हरियो स्टिकर टाँसिएका भवन पनि भूकम्पको शक्तिशाली पराकम्पनले भत्किएको गुनासो आएको विभागले जनाएको छ । “हरिया स्टिकर लगाएका भवन भूकम्पले लडाउँदैन भन्ने ग्यारेन्टी छैन”–महर्जनले भन्नुभयो ।