जेठ १५ सम्म विद्यालय बन्द


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????शिक्षा मन्त्रालयले भूकम्पबाट अति प्रभावित जिल्लामा आगामी जेठ १५ गतेसम्म पठनपाठन बन्द गराएको छ । यसअघि जेठ १ गतेदेखि पहिले विद्यार्थीलाई मनोपरामर्श दिई विद्यालय खोल्ने तयारी भइरहेका बेला भूकम्पको धक्कापछि मन्त्रालयले विदाको अवधि थपेको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालका अनुसार अति प्रभावित १४ जिल्लामा १५ गतेसम्म पढाइ बन्द गराउने र अन्य जिल्लामा क्षतिको विवरण हेरी जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयका आधारमा जिल्ला शिक्षा कार्यालयले निर्णय गर्नेछ । नयाँ शैक्षिक सत्र हरेक वैशाख पहिलो हप्तादेखि सुरु हुने प्रचलन छ । भूकम्पबाट प्रभावित जिल्लामा अधिकांश विद्यालय भवनमा क्षति पुगेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार भइनसकेको भनी गुनासो आएको थियो । काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रका निजी विद्यालयले आगामी जेठ १ गतेदेखि कक्षा सञ्चालनमा ल्याउन कतिपय चर्किएका भवनमा पनि कृत्रिम टालटुल र रंगरोगन गर्दै थिए । त्यसबाट अभिभावकहरु विद्यार्थीको सुरक्षा नहुने ठानी चिन्तित थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]