राज्यले पुनर्वासको व्यवस्था गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई


baburamपूर्व प्रधानमन्त्री एवम् एकीकृत (नेकपा माओवादी) का वरिष्ठ उपाध्यक्ष डा बाबुराम भट्टराईले भूकम्पपीडित जनताको राज्यले पुनर्वासको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।हालैको भूकम्पले गराएको क्षतिको अवस्था बुझ्न विभिन्न जिल्ला पुग्नुभएका उपाध्यक्ष भट्टराईले दोलखा जिल्ला पूर्णरूपमा क्षतविक्षत् भएकाले राज्यले दिने भनेको रु २५ हजार राहत अपर्याप्त रहेको बताउनुभयो ।  क्षति प्रभावित भएका प्रति परिवारलाई रु दुई लाख दिने भनिएको रकम अपुग छ रु दुई लाखको ठाउँमा रु पाँच लाख पु¥याउनुपर्ने धारणा आप्mनो पार्टीको रहेको समेत उहाँले उल्लेख गर्नुभयो । “हाम्रो जीवनकालको महात्रसित भूकम्प आएको छ । अरबाँैं ध्वस्त भएको छ । हजारौँं नेपाल आमाका सन्ततिले ज्यान गुमाएका छन् । हामीले विदेशीसँग हात फिँजाएका छाँैं । विदेशी जति पनि सहयोग गर्न तयार छन् ।” ग्रामीण भेगमा एकीकृत रूपमा घर बनाई व्यवस्थित बस्ती बनाउन राज्यले हिच्किचाउनुपर्ने अवस्था नरहेको समेत उहाँले बताउनुभयो । आफूले अवलोकन गर्दा दोलखा, सिन्धुपाल्चोकलगायत अन्य जिल्लाका पहाड भूकम्पका कारण चर्किएको उल्लेख गर्दै उपाध्यक्ष भट्टराईले वर्षात्को समय पनि आएकाले पहिरो जाने बढी सम्भावना देखिएकाले अस्थायी बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । बस्न योग्य नभएका घरका नागरिकले तत्काल पुनर्वासको व्यवस्था निजी वा सरकारी तबरबाट भए पनि गर्न सरकारलाई दबाब दिने उहाँले बताउनुभयो । सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढ्नसमेत सरकारलाई दबाब दिएको उहाँले बताउनुभयो ।  भूकम्पबाट दोेलखामा हालसम्म ७५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । ३०० जनाभन्दा बढी घाइते भएका छन् । दोलखामा भूकम्पले ५३ हजारभन्दा बढी घर क्षति पु¥याएको छ भने करिब दुई लाख जनता प्रभावित बनेका छन् । उहाँले दोलखाको थप स्थितिको विषयमा स्थानीय राजनीतिक दल र स्थानीय प्रशासनसँग जनाकारी लिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]