यसो भन्छ नेपाली सेना

१. विभिन्न पत्रपत्रिका तथा आमसञ्चार माध्यमहरुमा भारतीय वायुसेनाले भूकम्प पिडीतहरुलाई उद्धारमा चाख नदिई आफ्नै नागरिकको उद्धारमा केन्द्रित भएका जस्ता गलत तथा भ्रामक समाचार एवम् टिकाटिप्पणीप्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।
२. नेपाली सेनाको Multi National Militiary Coordination Centre (MNMCC) को संयोजकत्वमा खोज, उद्वार तथा राहत कार्यमा आएका भारतीय सेनाको सर्च एण्ड रेस्क्यु टिम, मेडिकल टिम तथा वायुसेनाको टोलीले हालसम्म काठमाण्डौंबाट भूकम्पबाट प्रभावित बिभिन्न जिल्लाहरुमा ४७७ पटक उडान भरी १३५७ जना स्वदेशी तथा १६४ जना बिदेशी नागरिकहरुलाई उद्वार गरीसकेको साथै भूकम्पबाट प्रभावित भएको बिभिन्न जिल्लाहरुमा भूकम्प पीडितहरुको लागि अति आवश्यक खाद्यान्न र अन्य राहत सामाग्रीहरु गरी कुल जम्मा १,९२,२९५ के.जी. पु¥याई सकेको छ । त्यसैगरी पोखराबाट भारतीय बायुसेनाले २०७२ बैशाख २६ गतेसम्म खाद्यान्न र अन्य राहत सामाग्री गरी १,५०,५९० के.जी. राहत सामाग्रीहरु भूकम्पबाट प्रभावित बिभिन्न स्थानहरुमा पु¥याईसकेको त्यस्तै घाईते बिरामी तथा अलपत्रमा परेको स्वदेशी तथा विदेशी गरी ९२० जना नागरिकहरुको सकुशल उद्वार गरीसकेको छ । साथै, मित्रराष्ट्रहरुको सेनाले गर्ने प्रत्येक उडानमा नेपाली सेनाको तर्फबाट एक सम्पर्क अधिकृत र सुरक्षाको निमित्त एक सैनिक समेत खट्टिने गरेको छ ।
३. यसर्थ, छिमेकी मित्रराष्ट्र भारतीय सेना तथा वायुसेनाको टोलीहरुले ःल्ःऋऋ तथा सैनिक हवाई महानिर्देशनालयको संयोजकत्वमा भूकम्प पिडीतहरुको उद्धार तथा राहत वितरण कार्यमा परिचालित भई महत्वपूर्ण योगदान दिईरहेको नेपाली सेना अवगत गराउन चाहन्छ ।
४. यसरी नकारात्मक टिकाटिप्पणी तथा आक्षेप लगाउंदा दुई देशबीचको सुमधुर परम्परागत एवम् ऐतिहासिक सम्बन्धलाई समेत असर पार्नसक्ने हुंदा त्यसतर्फ संवेदनशील भई दिनहुन र केही संचार माध्यममा प्रकाशित उपरोक्त सूचना तथ्यहिन र गलत भएको एवम् यस्ता संबेदनशिल विषयहरुमा संयमित रही सूचना प्रवाह गर्नुहुन आमसञ्चार जगत तथा समस्त पाठकवर्गलाई नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।