१४ सय ७३ विदेशी उद्धार टोलीका सदस्यहरु फिर्ता


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाली सेनाको मेडिकल टिमले गोरखा जिल्लाको लाप्राक, सिन्धुपाल्चोक जिल्लाको चौतारा र रसुवा जिल्लाको धुन्चे र लाङटाङ ईलाकामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यसैगरी, चिनियाँ सैनिक मेडिकल टिमले साँखु, लुभु, लगनखेल, छाउनी, भद्रकाली र दशरथ रङ्गशाला ईलाकामा महामारी नियन्त्रण र खतरा मूल्याङ्कन कार्यक्रम सञ्चालन गरेको छ भने बिभिन्न स्थानबाट ल्याईएका शवहरूबाट महामारी तथा सङ्क्रमण फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा स्प्रे टोली राखिएको छ । विभिन्न मित्रराष्ट्रहरूका मेडिकल टिमहरूले हालसम्म २० हजार १८८ जना घाइतेहरूको उपचार गरिएको छ । मित्रराष्ट्रबाट आएका उद्धारटोली फिर्ता हुने क्रममा आज दिउँसोसम्ममा एक हजार ४७३ जना स्वदेश फिर्ता भइसकेका छन् । त्यसैगरी, भूकम्पपीडित घाईते तथा विरामीहरूको उपचारका लागि मित्रराष्ट्र ईजरायलको मेडिकल टिमले छाउनीस्थित नेपाली सेनाको जगदल गणको परिसरमा स्थापना गरेको फिल्ड अस्पतालमा भएको पाल, औषधि लगायत अन्य बिभिन्न सामग्री स्वदेश फर्कने क्रममा कार्यरथी तथा सैनिक स्वास्थ्य महानिर्देशकको समुपस्थितिमा नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]