पीडितको लागि काठ दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन


?????????????????????????????????????????????संसद्को वातावरण समितिले भूकम्पबाट घरको क्षति भएका परिवारलाई  काठ दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले भूकम्पबाट क्षति भएका घर गोठ निर्माणका लागि सरल तरिकाले सुपथ मूल्यमा काठ दाउरा उपलब्ध गराउन वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन गरको हो । त्यसका लागि आवश्यक नीति, नियम तत्काल संशोधन गर्नुपर्ने भएमा त्यसको व्यवस्था गर्न तथा मुलुक भूकम्पको मारमा परको बेलामा हुन सक्ने वन फडानी र अतिक्रमण रोक्नेतर्फ विशेष चनाखो रहनसमेत सरकारको ध्यानाकर्षण गराइएको थियो । बाराको निजगढ नजिक प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा फडानी हुने र पूर्व–पश्चिम रेलमार्ग निर्माणका सन्दर्भमा हटाइने रुखहरू भूकम्पपीडितको बासका लागि उपलब्ध गराउने व्यवस्था गर्नसमेत समितिका सदस्यले सुझाउ दिएका थिए । प्राकृतिक विपत्तिमा परेका परिवारलाई भूकम्प प्रतिरोधी भवन बनाउन प्रोत्साहित गर्ने र त्यस्ता भवनमा काठ र काठजन्य वस्तुको प्रयोग बढी हुने पक्षलाई सरकारले बेलैमा ध्यान पु¥याउन आवश्यक रहेकामा बैैठकको ध्यानाकर्षण गराइएको थियो । वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यसमेत उपस्थित सो बैठकमा आखेटोपहार नष्ठ सम्बन्धमा ऐन संशोधनको आवश्यकता औँल्याइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]