जोखिममा परेका भवन हटाउन आठ उपकरण तीन महिनाका लागि हस्तान्तरण


jcbकालिका कन्स्ट्रक्सन प्रालिले भूकम्पबाट काठमाडौँ उपत्यकामा जोखिममा परेका र भत्किएका संरचना हटाउन नेपाल सरकारलाई ठूला आठवटा उपकरण उपलब्ध गराएको छ । सैनिक मुख्यालयमा आयोजित समारोहमा उक्त प्रालिका प्रबन्ध निर्देशक एवम् सभासद् विक्रम पाण्डेले अर्थमन्त्री डा रामशरण महतमार्फत नेपाली सेनालाई उपकरण हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका उपकरणमा चारवटा स्काभेटर र चार थान लोडर छन् । प्रालिले तीन महिनाका लागि निःशुल्क रूपमा ती उपकरण उपलब्ध गराएको हो । सो कार्यक्रममा अर्थमन्त्री डा महतले भूकम्पबाट भत्किएका संरचनाबाट निस्केका फोहोर र जोखिममा रहेका भवन तत्कालै हटाउने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कतिपय भवन तुरुन्त भत्काउनुपर्ने अवस्था छ, त्यो हुन सकेन भने अर्काे घरलाई समेत क्षति पु¥याउने देखिएको छ ।” आवश्यकता परको बेलामा उपकरण उपलब्ध गराएकामा उक्त प्रालिलाई धन्यवाद दिँदै अर्थमन्त्री डा महतले प्राप्त उपकरणलाई तत्कालै जोखिममा परेका भवन भत्काउन र भत्किएका संरचनाबाट निस्केका माटो, ढुङ्गालगायत वस्तु हटाउन प्रयोगमा ल्याइने बताउनुभयो । प्रालिका प्रबन्ध निर्देशक पाण्डेले राष्ट्रलाई विपत्ति परेको बेलामा प्रत्येक नागरिकले आफूले जे सहयोग गर्न सकिन्छ त्यसका लागि सहयोगी हात बढाउन आवश्यक रहेकाले आफूले ती उपकरण उपलब्ध गराएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]