राजनीतिक दलहरूबीच राहत तथा उद्धार कार्यमा अभूतपूर्व एकता


Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट मुलुक अहिले शोकमा डुबेको भए पनि राजनीतिक दलहरूबीच राहत तथा उद्धार कार्यमा अभूतपूर्व एकता देखिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को बैठकमा पहिलो वक्ताका रूपमा भाग लिँदै उहाँले भूकम्पबाट भत्किएका संरचनामा परेका व्यक्तिहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । राहत उद्धारमा नेपाललाई माया गर्ने विदेशी मुलुक र अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहयोग र सद्भाव प्राप्त भएको बताउँदै वरिष्ठ नेता देउवाले पुनर्वास र पुनःनिर्माणमा अब राज्यका सबै शक्ति केन्द्रित गर्न आवश्यक छ भन्नुभयो । मुलुकको क्षमताले मात्र सबै पुनःनिर्माणको काम हुन कठिनाइ हुने हुँदा अन्तर्राष्ट्रिय दातृ समुदायको सहयोगमा संयमित भएर अघि बढ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सेना र प्रहरीको तल्लो तहसम्म पुग्ने संयन्त्र भएकाले राहत र उद्धारको काममा उनीहरूलाई अझ बढी जिम्मेवारी दिएर परिचालन गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता देउवाले पुनःस्थापनाको काम अत्यन्त चनौतीपूर्ण भएको धारणा राख्नुभयो । आगामी दिनमा भूकम्परहित भवन निर्माणका लागि बनाइएका आचारसंहितालाई कडाइका साथ लागू गर्नुपर्नेमा ध्यान पु¥याउनुपर्छ भन्दै उहाँले विपद्का समयमा काम गर्न एक बेग्लै मन्त्रालय गठनको आवश्यकतामा जोड दिनुभयो । यही वैशाख १२ गतेदेखि मुलुकमा पटक–पटक गएको भूकम्पबाट भएको जनधनको क्षतिका सम्बन्धमा केन्द्रित रहेर व्यवस्थापिका–संसद्को शुक्रबारबाट विशेष समय तोकेर छलफल हुँदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]