रसियाली राष्ट्रपति पुटिनद्वारा विजय दिवसको सम्बोधनमा अमेरिकाको आलोचना


putinरसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रेड स्क्वायरमा विजय दिवसको परेडलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सहयोगको आधारभूत सिद्धान्तलाई बढ्दो रूपमा ध्यान दिन छोडिएको बताउनुभएको छ । यसलाई अमेरिकाप्रति आलोचनाको रूपमा लिइएको बताइएको छ । नाजी जर्मनीले आत्मसमर्पण गरेको तथा उक्त पराजयमा रेड आर्मीको प्रमुख भूमिकाको सम्झनामा मस्कोमा राम्रोसँग योजना तयार गरिएको परेडको आयोजना गरिएको थियो । विजय दिवस रसियाका लागि सबैभन्दा महत्वपूर्ण धर्मनिरपेक्ष बिदाको दिन हो । उक्त युद्धमा सोभियत सङ्घले पनि ठूलो क्षति ब्यहोर्नुपरेको थियो । राष्ट्रपति पुटिनले रसियालाई शान्ति र सुरक्षाको शक्तिको रूपमा प्रस्तुत गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय सहयोगको महत्व भए पनि गत दशकमा एकध्रुवीय विश्व बनाउन प्रयास भएको बताउनुभयो । यी शब्द अमेरिकाले विश्वमामिलामा पारेको प्रभावको आलोचनाका लागि रसियाले उपयोग गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]