बेलायतद्वारा पैसट्ठी हजार विस्थापितलाई आपत्कालीन बासको व्यवस्था


ukबेलायतले नेपालमा वैशाख १२ मा गएको भूकम्पबाट विस्थापित ६५ हजारभन्दा बढी मानिसलाई आपत्कालीन बासको व्यवस्था गरेको छ । भूइँचालो अगावै पनि केही आपत्कालीन बास ‘सेल्टर किट’ वितरण गरिएको र त्यसपछि पनि उल्लेख्य मात्रामा त्यस्ता किट उपलब्ध गराइएको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ । आगामी दिनमा थप २० हजार त्यस्ता किट वितरण गर्ने जनाउँदै उक्त दूतावासले आगामी केही सातामा एक लाख मानिसलाई आश्रयको व्यवस्था गरिसक्ने बताएको छ । दूतावासले विज्ञप्ति जारी गरी दुईवटा पालसहितका थप १९ हजार ५०० सेल्टर किट नेपाल ल्याइने जनाएको छ । हालैको भूकम्पले नेपालमा करिब पाँच लाख घर क्षतिग्रस्त भएको सरकारको अनुमान छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]