भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ८०२ पुग्यो


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????यही वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ८०२ जनाको मृत्यु भएको छ । मृत्युहुनेमध्ये विभिन्न मुलुकका ६७ जना, कर्मचारी ११, सशस्त्र प्रहरी बलका एक, नेपाली सेनाका नौ, नेपाल प्रहरीका पाँच र सर्वसाधारण सात हजार ७०९ रहेको मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडाँैंमा एक हजार २१० पुगेको छ । भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिकरुपमा दुई लाख ५४ हजार ११२ घरमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]