चिनियाँ राष्ट्रपति रसिया भ्रमणमा


china presidentचिनियाँ राष्ट्रपति सि जिनपिङ रसियालगायतका तीनवटा देशको भ्रमणका त्यसतर्फ लाग्नुभएको छ । उहाँले रसिया, काजखस्तान र बेलारुसको भ्रमण गर्नुहुने बताइएको छ । काजखस्तानका राष्ट्रपति नुरसुल्तान नाजरबायेबको निमन्त्रणामा उहाँ त्यहाँको भ्रमणमा जान लाग्नुभएको हो । उहाँ शुक्रबार रसिया पुग्नुहुने समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार उहाँले मे ८ देखि १० सम्म रसियाको भ्रमण गर्नु हुनेछ । उहाँ रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आमन्त्रणमा रसिया लाग्नुभएको हो । त्यस भ्रमणका क्रममा उहाँ रसियाली विजय दिवसका अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा उपस्थित हुनुहुने जनाइएको छ । यही शनिबार आयोजना गरिएको ७०औँ रसियाली विजय दिवस कार्यक्रममा रसियाले विश्वका कैयौँ नेतालाई आमन्त्रण गरेको छ । तर सो समारोहमा कतिपय पश्चिमा राष्ट्रहरूले भने उपस्थित हुन अस्वीकार गरेका छन् । यसका बाबजुत पनि फ्रान्सले भने उपस्थिति जनाउने छ । राष्ट्रपति सि यही मे १० देखि १२ सम्म बेलारुस जानुहुने भएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लक्सानेकोको आमन्त्रणमा उहाँले सो देशको भ्रमण गर्न लाग्नुभएको हो । उहाँको भ्रमण दलमा चिनियाँ उच्च सरकारी अधिकारीहरूका अतिरिक्त चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको पनि सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]