प्रधानसेनापति गौरवशमशेर राणाद्वारा बुङ्मती क्षेत्रको निरीक्षण


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भूकम्पबाट क्षतिग्रस्त ललितपुरको बुङ्मती क्षेत्रको नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर राणाले निरीक्षण गर्नुभएको छ । उक्त अवसरमा उहाँँले भूकम्पबाट ध्वस्त भएका घरको छिट्टै पुनःनिर्माण कार्यका लागि सहयोग गरिने बताउँदै स्थानीयवासीलाई धैर्य रहन आग्रह गर्नुभयो । ऐतिहासिक महत्व बोकेको बुङ्मतीको पहिचानलाई समेटेर पुनःनिर्माण गरिनुपर्नेमा प्रधानसेनापति राणाको जोड रहेको थियो । स्थानीयस्तरमा चल्दै आएको सभ्यता र संस्कारलाई थप मजबुत गरेर अगाडि लैजान पनि स्थानीयवासीलाई सुझाव दिनुभयो । बुङ्मतीलाई सुन्दर बनाउन सबै तह र तप्काबाट आवश्यक सहयोग हुनुपर्नेमा उहाँको जोड रहेको थियो । भूकम्पका कारण घरबार गुमाएकी स्थानीयवासी सानुमाया शाक्यले आफ्नो घर क्षेत्रमा आएका सेनाका प्रधानसेनापतिलगायत उच्च अधिकारीसँग भावविह्ल बन्दै आफ्नो घर कहिले बन्ला भनी गुनासो पोख्नुभएको थियो । प्रतिउत्तरमा सेनाका उच्च अधिकारीले छिट्टै बनाइदिन्छु भनी आश्वासन दिएको उहाँले बताउनुभयो । भूकम्पबाट घाइते भएर उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा जाँदा धरौटीबिना उपचार गर्न नसकिने अस्पतालको रबैयाप्रति स्थानीयवासीले प्रधानसेनापतिसँग गुनासो पोखेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]