पुनःनिर्माणको महाअभियानमा जुट्न र कोष बढाउन एमालेको आग्रह


umlनेकपा (एमाले) ले भूकम्पबाट भएको क्षतिलाई एकताबद्ध भएर सामना गर्न र पुनःनिर्माणको महाअभियानमा जुट्न सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीसमक्ष अपिल गरेको छ । भूकम्पले निम्त्याएको मानवीय तथा भौतिक क्षति एवम् उद्धार, राहत, पुनःस्थपाना तथा पुनःनिर्माणको विषयमा केन्द्रित रहेर उक्त पार्टीको संविधानसभा÷संसदीय दलको बैठकले त्यस्तो आग्रह गरेको हो । साथै बैठकले राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले प्रस्ताव गरेको रु दुई खर्बको कोष अत्यन्त न्यून भएको ठहर गर्दै क्षतिको दायरा र पुनःस्थापना तथा पुनर्निर्माणको आवश्यकता सम्बोधन हुनेगरी उक्त कोषको आकार बढाउन सरकारसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घ, राष्ट्रसङ्घका सदस्य राष्ट्र, नेपालका मित्रराष्ट्र र अन्तराष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई क्षतिको आकारलाई दृष्टिगत गरी राहत, पुनःस्थापना तथा पुनर्निमार्णका लागि सहयोग गर्न बैठकले अपिल गरेको छ । भूकम्पले विस्थापित एवम् गम्भीर रुपले प्रभावित भएकालाई पाल, जस्तापाता, खाद्यान्न, औषधि, लत्ताकपडा, खानेपानीलगायत राहत सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग बैठकले माग गरेको छ । “भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारलाई रु दुई लाखका दरले र घर÷आवास पूर्णरुपमा ध्वस्तभएकालाई रु एक लाखका दरले अविलम्ब राहत रकम उपलब्ध गराउन तथा मृतकका परिवारका सदस्यलाई रोजगारीमा प्राथमिकता दिन पूर्णरुपमा ध्वस्तभएका र बस्न अयोग्य भएका परिवारको घर–बास निर्माणको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यसका लागि न्यूनतम आर्थिक दायित्व सरकारले नै बहन गर्नु पर्ने” बैठकले पारित गरेको प्रस्तावमा उल्लेख छ । भूकम्पले क्षतिग्रस्त भएका शिक्षण संस्था, स्वास्थ्य संस्था, सरकारी तथा अर्धसरकारी एवम् सामुदायिक संस्थाका भवन तथा कार्यालय पुनःनिर्माणको जिम्मेवारी सरकारले बहन गर्नुपर्ने र क्षति भएका चाँगुनारायण, धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डपलगायत विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् सांस्कृतिक सम्पदाको पुनः निर्माणमा बैठकले जोड दिएको छ । बैठकले भूकम्पपीडित तथा प्रभावितको उद्धार र राहतमा आफ्नो ज्यानको समेत पर्वाह नगरी योगदान गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सम्पूर्ण राष्ट्रसेवककर्मचारी, स्वास्थ्यकर्मी, सरकारी, अर्धसरकारी तथा गैरसरकारी सङ्घ–संस्था, राजनीतिक दल, आम जनसमुदाय एवम् विदेशी सरकार, सङ्घ–संस्था र व्यक्तिप्रति धन्यवाद ज्ञापन गरेको छ । दलका नेता तथा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भएको उक्त बैठकले भूकम्पमा परी दिवङ्गत हुनुभएका र उद्धार तथा राहतका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट ग¥यो । भूकम्पमा परी भग्नावशेषमा पुरिएका तथा सरसामानको उद्धार तथा खोजी प्राथमिकताका साथ प्रभावकारी रुपमा अघि बढाउन बैठकले सरकारसँग माग गर्नुका साथै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]