‘विपत्तिमा सम्पूर्ण नेपाली एक छौँ भन्ने सन्देश प्रवाह गर्न सफल भयौँ’


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय विपत्ति सामना गर्ने बेलामा कोही पनि सत्तापक्ष र विपक्ष नहुने र सम्पूर्ण नेपाली एक छौ भन्ने सन्देश प्रवाह गर्न आफूहरू सफल भएको बताउनुभएको छ । भूकम्पबाट अत्याधिक जनधनको क्षति भएको रसुवा, नुवाकोट र धादिङको स्थलगत निरीक्षण गरेर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससको जिज्ञासामा उहाँहरूले भन्नुभयो ‘‘ यतिखेर सबै राजनीतिक नेतृत्व एक छाँै भन्ने सन्देश दिनु मूल उद्देश्य हो । जनताले त्यो कुरालाई ठीक ढङ्गले ग्रहण गरेका अनुभूत भएको छ ।’’ प्रधानमन्त्री कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी ओली र अध्यक्ष दाहालले रसुवाको धुन्चे, लाङटाङ, नुवाकोटको विदुर, भाल्चे र धादिङको लापा, धादिङबेसीको स्थलगत निरीक्षण गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा क्रमशः राहत सामग्री पुग्न थालेको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ हामी यथाशीघ्र गाँउ–गाँउमा राहत सामग्री पु¥याउन प्रयत्न गरिरहेका छौ ।’’ ‘‘वर्षायाम सुरु हुने बेला भईसकेकाले पीडितलाई सहायताको शीघ्र व्यवस्था गर्न लागिपरेका छौँ, तत्कालका लागि सुक्खा खाद्य पदार्थ प्रदान गरिए पनि त्यो दिगो हुँदैन । दिगो बनाउन हामीले दाल, चामल, तेललगायत आवश्यक खाद्य पदार्थको जोहो गर्न हामी गम्भीर छौ,’’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो । एमाले अध्यक्ष ओलीले भूकम्पबाट बस्तीका बस्ती ध्वस्त भएकाले स्थिति अत्यन्त भयावह रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ मानवीय क्षति भईसक्यो । उद्धार गर्ने काम लगभग सकिएको छ । तर राहत पु¥याउने कुरा सवारी साधन पुग्न नसक्ने दुर्गम भएको र ठूलो सङ्ख्यासम्म पुग्नुपर्ने हुनाले केही कठिनाइ समेत झेल्नुपरेको छ ।’’हेलिकोप्टर र राहत सामग्री सीमित रहेका र अत्यन्त दुर्गम गाँउमा पु¥याउनुपर्ने भएकाले समस्या परेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भूकम्पको प्रभाव गाँउमा ज्यादै परेको र पीडितहरूले आफूहरूसँग खाद्यान्न र बासस्थानको माग राखेका बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ हामी छलफल गरिरहेका छौँ, अस्थायी बसोबासको व्यवस्थाका लागि जस्तापाताको धेरै आवश्यकता भएको पाइयो । राहत सामग्री गाँउमा पुगेपछि जनजीवन सामान्य बन्दै गएको छ ।’’ अध्यक्ष दाहालले आजको हाम्रो संयुक्त भ्रमणले राष्ट्रिय विपद्को सामना गर्ने बेलामा कोही सत्तापक्ष÷विपक्ष छैन, सम्पूर्ण नेपाली एक छौँ भन्ने आम जनतामा सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । भ्रमण दलमा प्रधानसेनापति गौरवशम्शेर जबरा, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]