एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गरिदिने


shesh 1गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ । सङ्घद्वारा आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर बनाइदिने घोषणा गर्नुभएको हो । त्यसका लागि करिब ३६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो । कुन स्थानमा कसरी घर निर्माण गर्ने भन्नेबारे अध्ययन गर्न समितिसमेत बनाइसकेको सङ्घले जनाएको छ ।

Press Release —–

प्रेस बक्तब्य
गैरआवासीय नेपाली संघले ३५ करोड लगानीमा एक हजार घर बनाइदिने
हाम्रो मातृभूमी नेपाल भूकम्पको महाविपत् र दुःखमा परेको बेलाहामी संसारभर रहेका गैरआवासीय नेपालीहरु आपतकालिन राहतबितरणमा सक्रियतापूर्वक लागिरहेको यहाँहरुलाई अवगत नै छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत सवै कार्यकारिणी समितिका सदस्य र सयौंको संख्यामा स्वयंसेवीहरु यतिबेलाआपतिकालिन राहत वितरणमा परिचालित भइरहेका छौं ।
गैरआवासीय नेपाली संघले भूकम्प आएलगत्तै ८ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत बितरण गर्ने घोषणा गरेका थियौं, जुन यतिबेला अन्तिम चरणमा रहेको छ । धेरैजसो जिल्लामा राहत बितरण सकिएको छ भने केही जिल्लामा हाम्रो स्वयंसेवक टोली राहत बितरण गरिरहेको छ । यस क्रममा हामीले सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत बितरण गरेका छौं । साथै भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य शिविर पनि संचालन भइरहेको छ ।
पहिलो चरणको आपतकालिन राहत बितरणका क्रममा हामीले स्थानीयवासीसँग अन्तरक्रिया गर्‍यौं । उहाँहरुको मुख्य चिन्ता र चासो बस्ने घर नभएको भन्ने नै थियो । बषर्ात् सुरु हुनै लागेको अबस्थामा भूकम्प प्रभावित गाउँमा बासको अभावमा झन् ठूलो समस्या देखिने ठानेर हामीले दोस्रो चरणको राहतस्वरुप पिडीत परिवारलाई घर निर्माण गरिदिने तयारी गरिरहेका छौं ।
यसक्रममा गैरआवासीय नेपाली संघले प्रभावित ८ जिल्लामाकरिव १ हजार भूकम्प प्रतिरोधी एवं पर्यावरणमैत्री घर निर्माण गर्ने तयारी थालेको छ । यसको लागत करिव ३५ करोड रुपैयाँ हुने प्रारिम्भक अनुमान रहेको छ ।
कुन-कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने बिषयमा अध्ययन गर्न हामीले एक समिति बनाएका छौं जसले इन्जिनियर, बिज्ञ तथा नेपाल सरकारका प्रतिनिधिहरुसँग छलफल गरी प्रतिबेदन पेश गर्ने छ । सोहीआधारमा हामीले भूकम्प प्रभावित बिपन्न तथा आय आर्जनको ब्यबस्था नभएका परिवारको छनौट गरी घर निर्माण प्रकृया थालनी गर्ने छौं ।
अहिले भूकम्पले गर्दा स्थानीयबासीहरुको आत्मबिश्वास गुमेको छ, जसले गर्दा उहाँहरु अबसरको खोजीमा बसाइ सराई गर्ने र त्यसबाट दीर्घकालिन समस्या उत्पन्नहुने खतरा हुन्छ । त्यसैले हाम्रो उदेश्य त्यो ठाउँमा घर बनाउनुमात्र नभएर उहाँहरुलाई गाउँमै बस्न र केही गर्न सकिन्छ भन्ने आत्मबिश्वास दिलाउनु पनि हो ।
घर निर्माण गर्दा स्थानीयबासीको चाहना, त्यहाँको स्थानीय संस्कृति र सम्पदाको गौरवलाई समेत सम्मान गर्दै घर तथा समुदायको दिगोपनमा जोड दिइने छ । स्थानीय संस्कृतिको समेत प्रर्बद्धन हुनेगरी नमुना घरहरु बनाउने गैरआवासीय नेपाली संघको कोसिस रहने छ ।
प्राबिधिक कार्यका लागि हामीले अन्य संघसंस्थासँग समन्वय र सहकार्य गर्ने छौं । यो प्रकृयामा हामी गैरआवासीय नेपाली बिज्ञ र स्वयंसेवकहरु समेत परिचालन गर्ने छौं जसले बिदेशमा सिकेको सीप नेपालमा हस्तान्तरण गर्न र स्थानीयबासीलाई सिपयुक्त बनाउनसमेत मद्दत गर्ने छ ।
प्राबिधिकतयारी पुरा भएपछि यथाशक्य छिटो घर निर्माण प्रकृया सुरु हुने जानकारी गराउन चाहान्छौं ।
मुलुकभर भूकम्पका कारण लाखौं घर नष्ट भएको अबस्थामा गैरआवासीय नेपाली संघले एक हजार घर बनाउनु ठूलो कुरा नभएपनि यो सुरुवातले बिस्थापित गाउँलेहरुलाई आफ्नै ठाउँमा पुर्नस्थापित हुन ठूलो सहयोग पुग्ने छ भन्ने हाम्रो बिश्वास छ ।
धन्यवाद ।
मितिः २०७२, बैशाख २३ गते ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]