वैद्यले पनि सरकारलाई भूकम्पको राहत र पुनस्र्थापनामा सघाउने


vaidhyaनेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पका कारण भक्तपुरमा परेको धनजनको क्षतिबारेमा जानकारी लिँंदै आफ्नो कार्यकर्तालाई राहतमा जुट्न निर्देशन दिनुभएको छ । भूकम्प प्रभावित मध्यपुरथिमि शङ्खधर चोक, बालकुमारी, लाछिटोल, शिवाटोल, ताहाननी, पोबुलगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै उहाँले ती क्षेत्रमा आफ्नो कार्यकर्तालाई भत्किएका भौतिक संरचनाको पुनःनिर्माणमा स्वयम्सेवीको भूमिका निर्वाह गर्दै राहतमा जुट्न आग्रह गर्नुभयो । नेता वैद्यले मध्यपुरथिमिका सहिद बैकुण्ठहरि श्रेष्ठ र सविन श्रेष्ठको घरमा पुगी भूकम्पबाट भएको क्षतिबारे समेत जानकारी लिनुभएको थियो । सोही क्रममा अध्यक्ष वैद्यले रासससँग कुरा गर्दै भूकम्पपछि सरकार एक्लैले मात्र राहत र पुनःस्थापनामा लागेर नपुग्ने भएकाले केन्द्रदेखि जिल्ला, नगर, गाउँ, वडासम्म सबै पार्टी सम्मिलित सर्वदलीय संयन्त्रमार्फत राहतका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“सरकार एक्लै वा पार्टीगत र संस्थागत रूपमा छुट्टाछुट्टै उद्धार तथा राहत वितरण गर्दा राहतको दुरुपयोग हुन सक्ने र असहज परिस्थिति सिर्जना हुन सक्नेतर्फ सचेत हुनु जरुरी छ ।” सरकारले छिटोभन्दा छिटो सबैबीच समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिँदै उहाँले महाविपद् सामना गर्नका लागि आफूहरू सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । भूकम्पपीडितको राहत तथा उद्धारका लागि पार्टीका नेताहरूको कार्य विभाजनसमेत गरिएको छ । सोअनुसार काठमाडौँ उपत्यकामा अध्यक्ष वैद्य आफैँ, सिन्धुपाल्चोक, काभ्रेलगायत क्षेत्रमा उपाध्यक्ष सिपी गजुरेल, नुवाकोट धादिङ, चितवनलगायत क्षेत्रमा महासचिव रामबहादुर थापा, गोरखालगायत क्षेत्रमा सचिव देवप्रसाद गुरुङलाई जिम्मा दिइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]