सलमान खान दोषी ठहर, ५ वर्ष कैद, दुई दिनको निम्ति राहत

मुम्बईको सेशंन्स कोर्टले बलिउड सुपरस्टार सलमान खानलाई १३ वर्षअघि भएको एक हिट एण्ड रन केशमा दोषी ठहर गरेको छ । यति मात्र होइन, त्यस बखत उनीसँग लाईसेन्स नभएको र रक्सी पिएर बेहोसीको हालतमा गाडी चलाएको आरोप पनि पुष्टि भएको छ । सबै बयान र प्रमाणहरुले यी कुरा पुष्टि गरेको भन्दै अदालतका न्यायाधीश डी डब्लु देशपाण्डेले यसका बारेमा उनको केही धारणा छ कि भनेर सोधेका थिए । तर, सलमान खान चुपचाप रहे । यसको सूचना पाउने बित्तिकै आमा सलमा घरमै बेहोस भएको बताइएको छ । यस घटनामा सलमान खानले भने आपूmल ेनभई चालक अशोक सिंहले गाडी चलाएको दाबी गर्दै आएका थिए । साथै, उनले रक्सी समेत नपिएको बताएका छन् । ल्याबबाट आएको रिपोर्ट आफ्नो नभएको उनको जिकिर छ । यस घटनामा एकजनाको ज्यान गएको थियो भने अन्य चार जना गम्भीर घाइते भएका थिए । यसअघि हिजैमात्र उनलाई भेट्न कैयौं स्टारहरु उनको घर पुगेका थिए । जसमा शाहरुख खान पनि थिए ।
यसपछि उच्च न्यायालयले सलमान खानको वकिलको तर्फबाट दायर गरिएको निवेदनलाई मान्दै उनलाई दुई दिनको निम्ति राहत दिँदै जमानत मञ्जुर गरेको छ । यसबाट सलमान तत्कालै जेल भने जान परेन ।