तीन शीर्ष नेता एउटै हेलिकोप्टरमा भूकम्प पीडितलाई भेट्न जिल्लातिर


threeनेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एकै हेलिकोप्टरमा यतिबेला भूकम्प प्रभावित जिल्लाको भ्रमणमा निस्किनुभएको छ । यतिमात्र नभएर एकै हेलिकोप्टरमा तीन सुरक्षा निकायका प्रमुखहरु अर्थात् सेनाका प्रधान सेनापति, प्रहरीका प्रमुख आईजीपी उपेन्द्र अर्याल र सशस्त्रका प्रमुख पनि छन् । रसुवा, नुवाकोट, धादिंग लगायतका जिल्लामा पुगेर त्यहाँका स्थानीयलाई आश्वस्त पार्ने तयारी भएको प्रधानमन्त्री कार्यालय निकट श्रोतले जनाएको छ । एकताको सन्देश दिनका लागि पनि यस्तो निर्णय गरिएको हो, प्रचण्ड निकट श्रोतले जानकारी दियो । तर, सुरक्षासँग सम्बन्ध राख्ने व्यक्तिहरुले भने ६ जना भीभीआईपी एकै पटक यसरी एउटै हेलिकोप्टरमा यात्रा गर्नुलाई आश्चर्यको रुपमा हेरेका छन् । एकै ठाउँमा गएपनि एउटैमा यात्रा गर्नु जोखिमको कुरा हो, उनीहरुले टिप्पणी गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]