अबको संसद बैठकबाट तीन बुँदे संकल्प प्रस्ताव लैजाने तयारी


sambidhanभूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनः निर्माणबारे व्यवस्थापिका संसद्को आगामी बैठकमा प्रस्तुत गर्ने सङ्कल्प प्रस्ताव तयारीमा प्रमुख तीन जुटेका छन् । प्रधानमन्त्री निवासमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल एकीकृत (माओवादी) का शीर्ष नेताहरूबीच सोही विषयम केन्द्रित रहेर छलफल भयो । बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तीन दलको बैठकमा भूकम्प प्रभावित जनताका आवश्यकता सम्बोधन र भौतिक संरचनाको पुनः निर्माणबारे छलफल भएको जानकारी दिनुभयो । तीन दलको बैठमा तीनवटै दलका नेताले सङ्कल्प प्रस्तावमा समेटिनुपर्ने विषयबारे दलगत धारणा प्रस्तुत भएको बताउनुभयो । नेपाली काँग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विपत्तिका बेला संसद् एक ठाउँमा उभिएर सङकटको सामना गर्ने खालको सङ्कल्प प्रस्ताव तयार गर्नेबारे तीन दलबीच विचारविमर्श भएको बताउनुभयो । नेता खड्काले भूकम्प प्रभावित संरचनाको पुनः निर्माण र पुनः स्थापनाको कार्यमा कसरी जुट्ने भन्नेबारे दलहरूबीच छलफल चलिरहेको र आज अपराह्न ४ः०० बस्ने बैठकले त्यसको खाका तयार गरी सभामुखसमक्ष प्रस्तुत गरिने बताउनुभयो । व्यवस्थापिका–संसद्को आगामी बैठक यही वैशाख २४ गते अपराह्न ३ः०० बजे बस्ने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]