एमाले राहत कोषमा नगद र खाद्य सामग्री जम्मा हुँदै


cpn umlनेकपा(एमाले) प्राकृतिक विपत्ति राहत कोषको कृषि विकास बंैकको खाता नं ०२१०३००७१७९१७०१० मा आज लमजुङका व्यापारी किसान श्रेष्ठले रु पाँच लाख प्रदान गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तथा उद्धार समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले सो बराबरको चेक ग्रहण गर्नुभयो । त्यसैगरी अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले रु ५२ हजार पाँच सय प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि प्रदान गर्नुभयो । एमालेले प्रधानमन्त्री कोषमा रु ५० लाख जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दाङबाट एक ट्रक खाद्य सामग्री पनि प्राप्त भएको छ । ती सामग्री कलङ्कीदेखि बाणभन्ज्याङ तथा बल्खुदेखि नाङ्लेभारेसम्मका भूकम्पपीडितलाई प्रदान गर्न नेता कृष्णगोपालले एमाले राजधानी समन्वय कमिटीका इन्चार्ज सानुकुमार श्रेष्ठ र सभासद् विनोद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । खासगरी अहिले राजधानी र पहाडी क्षेत्रमा परेको विपत्तिमा सहयोग पु¥याउन पार्टीले तराईका पार्टीपङ्क्तिलाई निर्देशन दिइएको र यसले राष्ट्रिय एकतालाई पनि जोड दिने एमाले केन्द्रीय सदस्य कृष्णगोपालले बताउनुभयो । “राहत सामग्री पार्टीको झन्डा राखेर होइन, सर्वदलीय संयन्त्रबाट पारदर्शी रूपमा वितरण गरिनेछ” –उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]