भक्तपुरमा राहत वितरण गर्दै प्रचण्ड, आज नुवाकोट जाने, पौडेल गोरखामा


prakashएकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भक्तपुरको दधिकोटका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले स्थानीयवासीलाई सय बोरा चामल, सय थान त्रिपाल र एक हजार ५०० लिटर पिउने पानी वितरण गर्नुभयो । उहाँले भूकम्पका कारण घरबासविहीन भई अस्थायी शिविर बनाइबसेका स्थानीयवासीसँग भेटी विपत्तिको समयमा नआत्तिन र धैर्य गर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालका स्वकीय सचिवसमेत रहनुभएका एमाओवादीका केन्द्रीय सदस्य चूडामणि खड्काका अनुसार दधिकोटमा अध्यक्ष दाहालले तीन सयभन्दा बढी भूकम्पपीडितलाई भेट गरी समस्या समाधानका लागि हदैसम्मको प्रयत्न गरिने विश्वास दिलाउनुभएको थियो । उहाँले भूकम्पपीडितलाई भत्किएको घर बनाउन एकमुष्ठ आर्थिक तथा भौतिक सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभएको थियो । यही वैशाख २४ गते बस्ने व्यवस्थापिका–संसद्को बैठकमा भूकम्पपीडितका लागि विशेष सङ्कल्प प्रस्ताव पारित गरी एकीकृत रूपमा काम अगाडि बढाइने समेत जानकारी उहाँले गराउनुभएको थियो । अध्यक्ष दाहालले सिन्धुपाल्चोक, ललितपुरको हरिसिद्धि र काठमााडैँको कीर्तिपुरमा यसअघि राहत वितरण गरिसक्नुभएको छ । नेता दाहालको टोली बुधबार राहत सामग्री वितरणका लागि नुवाकोट जाने कार्यक्रम छ ।
पौडेल गोरखामा
यसैबीच, नेपाली काँग्रेसका उसभापति रामचन्द्र पौडेलले उद्धार तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउँदै भूकम्पग्रस्त क्षेत्रका घरवार गुमाएका पीडितहरूका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ । वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि क्षतिग्रस्त गोर्खा पुग्नुभएका उपसभापति पौडेलले नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित छलफल कार्यक्रममा राहत र पुनःस्थापनापछि एकीकृत बस्ती विकासका लािग सरकारले विशेष सहयोगको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जनतासँगै रहेर उद्धार, राहत तथा पुनःस्थापनाको कार्यक्रममा लाग्नुपर्ने बताउँदै भन्नुभयो, –“भूकम्पले आफ्नो थातथलो, घरबार र आफन्त गुमाएका पीडितको घाउमा मलहम लगाउन काँग्रेसका नेता कार्यकर्ताले जनतासगै रहेर काम गर्नुपर्छ, सरकारले घर गुमाएकालाई आवासको सुविधा दिनुपर्छ । ”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]