सहयोगार्थ आएको राहत सामग्री बिक्री गर्ने पक्राउ


jonathan riceबल्खु मदननगरमा भूकम्पपीडित सहयोगार्थ आएको राहत सामग्री बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काँडाघारी बस्ने रामेछाप सुनारपानी–८ का १९ वर्षीय रानमकुमार केसी तथा काँडाघारीमै बस्ने सर्लाही हरिवनका ट्रक चालक ४२ वर्षीय सिंहबहादुर कार्की र ज्ञानेश्वर बस्ने ३८ वर्षीय विकास शरद छन् । लक्ष्मी राइस मिल नौतनहवा जिल्ला नहराजगन्ज उत्तरप्रदेश भारत लेखिएको ब्यानर राखिएको ना३ख ३९९० नंको ट्रकमा ल्याएको कनिका चामल प्रतिबोरा रु सात सयका दरले बिक्री वितरण गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीले ४४० बोरा चामल, सो ट्रक र रु एक लाख १६ हजारसमेत बरामद गरी सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]