पपुवा न्यूगिनीमा आएको शक्तिशाली भूकम्पले अष्ट्रेलियामा कस्तो असर गर्छ ?


papuwaपपुवा न्यूगिनीमा आज आएको ७ दशमलब ४ रेक्टर स्केलको भूकम्पपछि त्यस वरपरका क्षेत्रमा दिइएको सुनामीको चेतावनी हटाइएको छ । यद्यपि एक मिटरसम्मका छालहरु भूकम्पको केन्द्रदेखि ३ सय किलोमिटर टाढासम्म पुग्ने अमेरिकी भूगर्भ अध्ययन केन्द्रले जनाएको छ । यसैबीच, मौसम शाखाले अष्ट्रेलियामा सुनामीको कुनै सम्भावना नरहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनभन्दा ४० किलोमिटर तल भएका कारण पनि यसले क्षति नगरेको हो । अष्ट्रेलियन सुनामी चेतावनी केन्द्रका उपनिर्देशक डानियल जक्साले सुनामीको तिव्रता निकै सानो भएको र यो खतरा नरहेपछि चेतावनी हटाइएको जानकारी दिनुभयो । यो अनपेक्षित भने नभएको र अझै यस किसिमका भूकम्प यस क्षेत्रमा गइरहने पनि उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]