अष्ट्रेलियामा सुरु भयो पीडित परिवार पहिचान कार्यक्रम


IMG_0621एनआरएन अष्ट्रेलियाले नेपालका विभिन्न जिल्लाबाट अष्ट्रेलिया आई बसोबास गर्ने नेपाली समूदायका व्यक्तिहरु जसको नेपालमा भूकम्पबाट क्षति भएको छ उनीहरुको पहिचान गर्ने कार्य सुरु गरेको छ । आइतबार सिड्नीको अबर्नमा आयोजना गरिएको छलफल कार्यक्रममा विभिन्न जिल्लाबाट आई सिड्नीमा बसोबास गर्ने नेपालीहरुले आफ्नो जिल्लाको अवस्थाका विषयमा अवगत गराएका थिए । कार्यक्रममा यस्ता पीडितहरुको पहिचान गरी उनीहरुको परिवारको आँशुमा कस्तो राहत प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । मुख्यतः बढीभन्दा बढी राहत र सहयोग आवश्यक भएकाहरुको पहिचानका निम्ति यस्तो कार्यक्रम ल्याइएको संयोजक प्रतिज्ञा अधिकारीले बताउनुभयो । उहाँले अन्य राज्यहरुमा पनि यसैगरी पीडित परिवार पहिचान कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । अहिले हामी सफ्टवेयरलाई अन्तिमरुप दिने चरणमा छौं यस लगत्तै सबैसँग जानकारी माग्दछौं । हामी सबै नेपालीलाई परेको यो दुःखमा साथ दिन्छौं । तर, यहीँ अष्ट्रेलियामा रहेका नेपालीलाई परेको पीडालाई हेर्नु पनि हाम्रो कर्तव्य हो, अधिकारीको भनाई छ । कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले हातेमालो गर्दै अघि बढ्दा नै वास्तविक पीडितसम्म राहत पुरयाउन सघाउ पुग्ने बताउनुभएको थियो । कार्यक्रममा एनआरएन आईसीसी संरक्षक ईन्द्रा वन, युवा उपसंयोजक कृष्ण गिरी, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हरि राम्जाली, लमजुंग समाजका अध्यक्ष प्रकाश सापकोटा लगायत सहभागी हुनुहुन्थ्यो । लमजुंग, नुवाकोट, गोर्खा, धादिंग, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर लगायतका जिल्लाबाट सिड्नी आई बसोबास गरिरहनुभएका नेपाली समूदायका सदस्यहरुले यस कार्यलाई छिटो अघि बढाउन आग्रह गरेका थिए ।

If you are in Sydney and your family is affected by recent Earthquake in Nepal – Call Pratigya Adhikari – 0433597164

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]