पुनःस्थापनाका लागि सरकार र दल मिल्नुपर्छ : केपी शर्मा ओली


kp oliनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय विपत्को अवस्थामा धैर्यधारण गर्दै क्षतिग्रस्त संरचना र घरको पुनःनिर्माणका लागि सरकार र राजनीतिक दल मिलेर जानुपर्ने बताउनुभएको छ । गोँगबु गणेशस्थानस्थित गण्डकी गलैँचा उद्योगको क्षतिग्रस्त भवनको अवलोकन गर्दै उहाँले सङ्कटका समयमा एकले अर्कालाई गाली गरेर भन्दा मिलेर अघि बढ्दा पीडित जनतालाई राहत हुने बताउनुभयोे । नेता ओलीले भन्नुभयो, “एमालेले जिल्ला जिल्लामा खोज, उद्धार र राहतका लागि कार्यकर्ता परिचालन गरेको छ, यसको मुख्य ध्येय सरकारले दैवीप्रकोप समितिबाट सञ्चालन गरेका काममा सहयोग गर्नु नै हो ।” उहाँले क्षतिग्रस्त उद्योगका लागि सरकारबाट हुनुपर्ने सहयोगका लागि भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । उद्योगका प्रबन्ध निर्देशक रामबहादुर गुरुङले भूकम्पबाट आफ्नो करिब रु पचास करोड बराबरको क्षति भएको अवगत गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]