अहिलेसम्म चौँतीस हजार घाइतेको उपचार, औषधिमा ३ करोड ६३ लाख खर्च


???????????????????????????????????????????????????????????????????स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पबाट घाइते भएका ३४ हजार तीन ३९५ जनाको उपचार गरिएको जनाएको छ । उक्त मन्त्रालयका अनुसार काठमाडौँमा १३ हजार ७७५ र ओखलढुङ्गामा ९२ जनाको उपचार गरिएको छ । केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट प्राप्त रु दुई करोड २८ लाख र सरकार र सरकारले उपलब्ध गराएको रु एक करोड ३५ लाख गरी हालसम्म रु तीन करोड ६३ लाख औषधि, उपकरण र प्रकोप नियन्त्रणका लागि बाँडफाँट गरिएको मन्त्रालयका प्रवक्ता डा गुणराज लोहनीले बताउनुभयो ।

अभिभावक गुमाएका बालबालिकाको संरक्षण

गैरसरकारी संस्था महासङ्घ नेपाल र बालगृहहरूको महासङ्घले भूकम्पबाट अभिभावकविहीन बनेको पाँच सय बालबालिकालाई काठमाडौँ र विभिन्न सहरमा आश्रय दिने भएको छ । ती दुवै संस्थाले भूकम्पबाट अभिभावक गुमाएका बालबालिकालाई खाने, बस्ने, सुविधासहित शिक्षाको प्रबन्ध गर्ने तथा अनाथ, असहाय बालबालिकालाई संरक्षण दिने जनाएको छ । ती संस्थाले हालसम्म १६ हजार बढी अनाथ बालबालिकालाई संरक्षण दिँदै आएको गैरसरकारी संस्था महासङ्घका महासचिव मनोजकुमार कँडेलले बताउनुभयो ।

भूकम्पले १६ कैदीको ज्यान लियो

विनाशकारी भूकम्पमा परी १६ कैदीको मृत्यु भएको छ । काठमाडौँस्थित केन्द्रीय कारागार भद्र बन्दीगृहको भवन भत्किएर ती कैदीको मृत्यु भएको जेलर वेदबहादुर कार्कीले जानकारी दिनुभयो । पुरिएका कैदीहरूको शव निकाल्न तीन दिन लागेको थियो । मृत्यु हुनेमा मोहम्मद अहमद अन्सारी, सोमबहादुर तामाङ, शाङ्वु शेर्पा, प्रेमकुमार कार्की, मिलन गुरुङ, निरज शाही, गणेश शाह, राजेश परियार, नीरबहादुर बस्नेत, जगतनारायण शर्मा, अर्जुन नेपाली, राजकुमार थापामगर, श्याम लामा, सद्धाम राहिम, मोहमल अली मिया र धर्मराज पौडेल छन् । भूकम्पमा परी सो बन्दीगृहलगायतका कारागारमा रहेका ७४ कैदीहरू घाइते भएका थिए । घाइतेमध्ये नौ जनाको सो कारागारमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने दुईजनाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको छ । बन्दीगृह भत्किएपछि कैदीहरूको बसोवासका लागि ५० भन्दा बढी पालको व्यवस्था गरिएको छ । भवन अत्यधिक पुरानो भएका कारण भूकम्पले जर्जर बनाएको छ । जगन्नाथ देवलस्थित केन्द्रीय बन्दीगृह, भद्र बन्दीगृह र महिला बन्दीगृहसमेतमा गरी हाल दुई हजार ५०० को हाराहारीमा कैदी तथा बन्दीहरू रहँदै आएका छन् । ती बन्दीगृह पुराना रहेकाले भूकम्पबाट भवनमा क्षति पुगेको छ । क्षमताभन्दा दोब्बर बन्दीहरू रहेको ती गृहमा १३ आश्रित नाबालक छन् । धनुषा, भक्तपुर र बाराबाहेक देशका ७२ जिल्लामा रहेका कारागारमा झन्डै १७ हजार कैदी रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]