धादिङमा राहत वितरण, तर अधिकांश दुर्गममा राहत पुगेन


???????????????????????????????????????????????????????????????????????????????????????प्रलयकारी भूकम्पले जिल्लाका अधिकांश घर भत्काएको अवस्थामा जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरणलाई जिल्लाका सबै गाविसमा पु¥याएको दाबी गरेको छ तर दुर्गम गाउँमा अझैसम्म पनि राहत पुग्न सकेको छैन । हिजोसम्म राहत नपुगेको र उद्धार कार्यसमेत हुन नसकेको उत्तरको झार्लाङ, रि, सेर्तुङ, लापालगायतका गाविसमा उद्धार कार्यसँगै हेलिकप्टरबाट राहत सामग्री पठाइएको छ । मार्पाक, फूलखर्क, गुम्दी, बूढाथुम, दार्खा, तिप्लिङलगायतका गाविसमा पनि हेलिकप्टरबाट राहत सामग्री र स्वास्थ्यको टोली पठाइएको हो । यसैगरी, मध्यक्षेत्रको गाविसमा राहत पु¥याएको र उद्धार कार्य सकिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । दक्षिणतर्फ पर्ने महाभारत क्षेत्रमा भने राहत पु¥याएको भनिए पनि अझैसम्म पनि पहिलो चरणको राहत सामग्रीसमेत पुगेको छैन । बैरेनीको रैले, किराञ्चोक, पीडा, गजुरी, महादेवस्थान, जोगिमारा, धुषालगायतका गाविसका चेपाङ र तामाङ समुदायको बसोवास रहेको भूकम्प पीडितसमक्ष अझैसम्म पनि राहत सेवा नपुगेको गाउँवासीले बताएका छन् । उनीहरू रुखको फेदमा र बारीको पाटामा धेरैजसो खुलाआकाशमुनि बसेका छन् भने केही पुरानो त्रिपाल राखेर वा प्वाल परेको जस्ता हालेर बसिरहेको रैलेका वीरेन्द्र तामाङले बताउनुभयो । उत्तरको रि र झर्लाङ गाविसका मानिस भूकम्प आएपछि घरको आँगनसम्म पनि जान सकेका छैनन् । रि गाविसमा रामबहादुर तामाङका अनुसार गाउँमा जमिन नै चिरा परेको र सबै घर भत्केकाले गाउँ जान सक्ने अवस्था नभएकाले केही गाउँ नफर्किएको बताउनुभयो । उनीहरू जङ्गलमा र छुट्टै स्थानमा बस्दै आएका छन् । झार्लाङ गाविस १, २ र ३ को आसपासबाट भूकम्पका कारण पहिरो गएकाले गाउँवासी कोही पनि घर फर्केका छैनन् । अब उनीहरूका लागि कहाँ बस्ने र के खाने भन्ने समस्या आएको छ । धादिङ जिल्लामा पछिल्लो जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६८० पुगेको छ भने उद्धार गरिएका घाइतेको सङ्ख्या ६२७ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]