पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीबाट नेपाललाई राहत सामग्री सहयोग


mamataभारतको पश्चिम बंगाल राज्य सरकारले नेपालका भूकम्प पीडितहरूका लागि सहयोग स्वरूप ठूलो परिमाणमा राहत सामग्री प्रदान गरेको छ । पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नेपाल सरकारका भवन निर्माण तथा सहरी विकास मन्त्री डा नारायण खड्कालाई काँकडभिट्टामा ती राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । उपलब्ध गराइएको राहत सामग्रीमा एक लाख त्रिपाल, त्रिपालसँगै एक÷एक थान कम्बल र खाद्य सामग्रीहरू रहेका छन् । राहत सामग्री ३५ वटा ट्रकमार्फत नेपाल प्रवेश गराई प्रभावित क्षेत्रमा पठाइएको छ । हस्तान्तरणपछि मुख्यमन्त्री बनर्जीले नेपालमा आएको विनाशकारी भूकम्पले आफूलाई दुःखी बनाएको र विपद्मा पीडितलाई भावनात्मक रूपमा सहयोग गरेको बताउनुभयो । उहाँले नेपाली जनताको लागि सहयोग गर्न पाएकामा खुसी पनि व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]