अमेरिकी ब्लगरको हत्याको जिम्मेवारी अलकायदाले लियो


Bangladesh US Writer Killedदुइ महिनाअगाडि अमेरिकी नास्तिक ब्लगरको हत्याको जिम्मेवारी भारतीय उपमहाद्वीपमा अल–कायदा (अकिस) ले लिएको साइट गुप्तचर समूहले जानकारी दिएको छ । फेब्रुअरी महिनामा बङ्गलादेशको राजधानी ढाकाको एक सडकमा एक पुस्तक मेलाबाट आफ्नी पत्नीसँगै फर्किरहेको समयमा अभिजित रायलाई दुई आक्रमणकारीले छुरा प्रहार गरी हत्या गरेका थिए । अकिसका नेता असिम उमारले जिहादी फोरममा एक भिडियो सार्वजनिक गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको साइटले उल्लेख गरेको छ । यो वेबसाइटले अल–कायदा समूहमा अनुगमन गरिरहेको छ । उमारले भगवानको निन्दा गर्ने अन्य व्यक्तिलाई मारेको पनि जिम्मेवारी लिएका छन् । मुसलमान बाहुल्य रहेको मुलुक बङ्गलादेशमा लडाकू समूहमाथि नियन्त्रण कायम गर्ने जिम्मेवारी पाएको दू्रत कार्य समूहका प्रवक्ताले यो कुरा सही भनी यकिन गर्न नसकिने बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]